कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई देशका प्रधानमन्त्रीले  भिडियो कन्फ्रेन्सिङ मार्फत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने 

गोविन्द पोखरेल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा म‌ंगलबार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।

दुई देशका प्रधानमन्त्रीले  भिडियो कन्फ्रेन्सिङ मार्फत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने 

भारतीय प्रधानमन्त्री मोदीले सोमबार साँझ ट्वीट गर्दै दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न लागिएको बताएका छन् । पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सिङ मार्फत गर्दैछन् ।


मोदीको ट्वीटमा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले ढुवानी खर्च कम गर्नुका साथै उर्जा सुरक्षा अझ भरपर्दो हुने उल्लेख छ ।


२०७४ सालको फागुन २५ गतेदेखि अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा पाइप लाइन जडानको काम सुरु भएको थियो । ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ ।


मोतिहारीदेखि रक्सौलसम्म ३२.७ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६.२ किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु पाँच करोड रहेको छ ।


पाइपलाइन सुरु भएसँगै वीरगन्ज भन्सार नाकामा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगन्ज –पथलैया–अमलेखगन्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ ।

नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगन्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइन सञ्चालन भएसँगै सहज अवस्था आउने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्ः

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास

प्रकाशित : भाद्र २३, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?