कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

सिरिजंगा विश्वविद्यालय खोल्न पहल

तेह्रथुम — लिम्बू भाषा तथा लिपिका सर्जक सहिद सिरिजंगाका नामबाट विश्वविद्यालय खोल्न लालीगुराँस नगरपालिकाले पहल थालेको छ । रोजगारमुखी शिक्षा दिने गरी वसन्तपुरमा विश्वविद्यालय खोल्न पहल थालिएको नगर प्रमुख अर्जुन माबुहाङले बताए ।

विश्वविद्यालय स्थापनाका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बालकृष्ण माबुहाङको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।


कार्यदलले विभिन्न चरणको छलफलपछि प्रारम्भीक आधारपत्र तयार गरेर नगरपालिकामा बुझाइसकेको छ । ‘एकै स्थानमा धेरै विषय अध्ययन हुने विश्वविद्यालयको परिकल्पना गरेका हौं,’ नगर प्रमुख माबुहाङले भने ।

प्रकाशित : भाद्र २३, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?