कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा प्रशासकीय अधिकृत निवास र सहकारी भवनमा बम विस्फोट

अर्जुन राजवंशी

बिर्तामोड — आइतबार राति झापाका दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ । 

झापामा प्रशासकीय अधिकृत निवास र सहकारी भवनमा बम विस्फोट

अर्को विस्फोट बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिए ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको छ । भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?