कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । विदेशमन्त्री यी विशेष विमानबाट आइतबार साँझ काठमाडौं उत्रिएका हुन् । उनले सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे

विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ ।


यसैगरी, विदेशमन्त्री यीले नेपालको विशेष प्राकृतिकस्थल भ्रमण गर्न चाहेकोमा सम्भवत मुस्ताङको जोमसोम जान सक्ने संभावना देखिएको छ । विदेशमन्त्रीको इच्छाअनुसार, सोमबार बिहान चार्टड फ्लाइटमा जोमसोम गएर काठमाडौं फर्कने प्रारम्भिक तयारी भइरहेको स्रोतले जानकारी दियो । ‘तर, मौसमको अनुकुल स्थिति हेरी जोमसोम यात्राको टुङ्गो लाग्नेछ,’ स्रोतले भन्यो। विदेशमन्त्री यी मंगलबार दिउँसो विशेष विमानबाट बेइजिङ फर्कनेछन्।

यो पनि


प्रकाशित : भाद्र २२, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?