कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर र उपमेयरमाथि हत्याको आरोप

श्यामसुन्दर शशि

जनकपुर — हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणुकुमारी झामाथि ज्यान मुद्दा सम्बन्धी उजुरी परेको छ ।नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर र उपमेयर समूहबीच भएको भिडन्तमा ढाडको हाड भाँचिएर गम्भीर घाइते भएका तेपेश्वर मण्डलको उपचारको क्रममा बुधबार मृत्यु भएपछि उनीहरु दुवैजना विरुद्ध ज्यान मुद्दा सम्बन्धी उजुरी परेको हो ।

मेयर र उपमेयरमाथि हत्याको आरोप

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजूरी दिएका हुन् ।


गत साउन २१ गते केन्द्र सार्ने विषयमा विवाद चर्किदा मेयर मण्डल र उपमेयर झा समूहबीच बघचौडा बाजारमा भिडन्त भएको थियो । भिडन्तमा स्थानीय तेपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उपचारको क्रममा मण्डलको मृत्यु भएपछि उनका छोरा राजकुमारले मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा मेयरका सहयोगी लालबाबू यादव विरुद्ध बिहीबार ज्यान सम्बन्धी कसूर आरोपमा उजुरी दर्ता गराएका थिए ।


यस्तै, आइतबार उपमेयर रेणुकुमारी झासहित तीन जनामाथि सोही कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ । मेयर मण्डल समर्थकहरुले आइतबार उपमेयर झासँगै वडा नम्बर २ का वडाध्यक्ष उदय साह वडा नम्बर ४ का किसोरी यादव विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् ।


स्थानीय मनोज कुमार सिंह, शशि कापर तथा सदैय आलमले दिएको उक्त उजूरीमा प्रतिवादीहरुले नै तपेश्वर मण्डललाई लाठी प्रहार गरी सख्त घाइते बनाएको आरोप लगाइएको छ ।


प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दुवै उजुरी एउटै घटनासँग सम्बन्धित भएकाले एउटै फाइलमा राखेर अनुसन्धान अगाडी बढाइने जानकारी दिएका छन् ।

प्रकाशित : भाद्र २२, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?