एक किलो नक्कली सुन र पेस्तोलसहित ७ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — दुई थान चाईनिज पेस्तोल, चार राउन्ड गोली र एक किलो नक्कली सुनसहित ७ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले माछापोखरीको हाई रेस्टुरेन्ट एण्ड डान्सबारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

एक किलो नक्कली सुन र पेस्तोलसहित ७ पक्राउ

प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले पक्राउ परेकाहरुको पृष्ठभूमि लुटपाट र अपराधमा संग्लन भएको बताए ।


रेस्टुरेन्टमै छापा मारेर प्रहरीले ३ लाई पक्राउ गरे पनि केही फरार रहेको बुझिएको छ । उनीहरुको खोजी जारी राखेकाले पक्राउ परेकाहरुले नाम सार्वजनिक गरिसकेको छैन ।


प्रकाशित : भाद्र २१, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?