एसिड प्रहारबाट घाइते छात्रालाई प्रदेश सरकारको ५ लाख सहयोगको घोषणा
(धनुषा) — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट घाइते भएकी छात्राको उपचारका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । शुक्रबार बिहान वीरगन्ज–३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
खातनुको उपचारमा कमिकमजोरी हुन नदिन मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ दिने घोषणा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी आतिश मिश्रले बताए ।
खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले वीरगन्ज–३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
कक्षा ९ मा अध्ययनरत छात्रामाथि एसिड प्रहारे घटना तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने प्रतिब्द्धता जनाएका छन् । मुख्यमन्त्री राउतले प्रदेश २ मा छोरीलाई शिक्षित बनाउने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाएका छन् ।
प्रकाशित : भाद्र २०, २०७६ १९:०५