कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई झिकाएको छ ।

एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश

चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै एक विद्यार्थीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) अन्तर्गतको प्रवेश परीक्षा नगर्न आदेश दिएको हो ।


‘२०७५ साल फागुन १० गतेदेखि लागू भएको चिकित्सा शिक्षा ऐनको प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनबीच तादात्म्यता मिलाउन छलफलबाट नै निर्क्यौलमा पुग्नुपर्ने देखिँदा शनिबारको प्रवेश परीक्षा सञ्चालन नगर्नु,’ आदेशमा भनिएको छ ।


ऐनको प्रावधानअनुसार भर्ना गर्न नखोजेको भन्दै रिट निवेदन परेको हो ।


प्रकाशित : भाद्र २०, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?