थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने दाहालको भनाइ

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । 

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा बिहीबार यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै “हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो” भने । उनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भीर आपत्ति जनाए । उनले भने,“सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।” संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गरे । उनले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

प्रकाशित : भाद्र १९, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

दुई वर्षपछि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, शनिबारदेखि लागू हुने

राजु चौधरी

काठमाडौँ — सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

बढेको मूल्य पर्सि २१ गते शनिबारदेखि लागू हुने डीडीसीकायोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए।

कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएकोव्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले कान्तिपुरलाई बताए।

मन्त्रालयका प्रवक्तातेजबहादुर सुवेदीले पनि मूल्य बढाउन सिफारिस गरेको बताए। तर, नयाँ मूल्य डीडीसीको बोर्ड बैठकबाट पास भएपछि लागू हुने उनले बताए

तर, कृषि सचिव युवकध्वज जिसीले भने मूल्य बढाउने निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, 'मूल्य बढेको कुरा थाहा छैन, भेरिफाइ गर्छु।'

उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो। नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।

झाका अनुसार यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो।

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।

सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो।

प्रकाशित : भाद्र १९, २०७६ १६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्