राजसंस्था हटाउन ‘रअ’ को भूमिका बारे छानबिन हुनुपर्छ : राप्रपा अध्यक्ष थापा  

प्रमिता ढकाल

भरतपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालबाट राजसंस्था हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपाली नेता प्रयोग गरेको आरोप लगाएका छन् । 

राजसंस्था हटाउन ‘रअ’ को भूमिका बारे छानबिन हुनुपर्छ : राप्रपा अध्यक्ष थापा  

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले ‘रअ’अले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरी राजसंस्था हटाउन षडयन्त्र गरेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।


‘यो सामान्य विषय हुँदै होइन,’ उनले भने, ‘यस विषयमा सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सत्यतत्थ्य पत्ता लगाउनु पर्छ ।’ एउटा विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा निर्णायक भूमिका खेल्नु र त्यसमा राजनीतिक दलका नेता प्रयोग हुनु निकै संवेदनशील र गम्भीर विषय भएको उनले टिप्पणी गरे ।


दुई तिहाई बहुमतको सरकारले दुई वर्ष पुग्दा पनि जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिलाउन नसकेको भन्दै उनले देशमा राजनीतिक परिवर्तन पछि जनताको अभिमत विना नै धर्म निरपेक्ष लागू गर्नु त्रुटि भएको बताएका छन् । पछिल्लो समय देश भयानक धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएकोतर्फ उनले सचेत गराएका छन् ।


धर्म परिवर्तनको नाममा भइरहेका गतिविधिलाई समयमा नै नियन्त्रण गर्न नसके सामाजिक सद्भाव र एकतामा खलल पुग्ने उनको भनाई छ । नेपालगञ्जबाट दैलेख पठाइएका गाई हत्याको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न थापाले माग गरेका छन् ।


प्रकाशित : भाद्र १९, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?