यातायातमै लाइसेन्सको व्यापार

बिचौलियाले जेसीबीको लाइसेन्स ४५ हजार र ट्याक्टरको १५ हजारमा बाँड्छन्
सन्तोष सिंह

धनुषा — मोटरसाइकलको चालक अनुमतिपत्रको ट्रायल परीक्षास्थलबाट सर्लाही, मलंगवा–११ का २५ वर्षीय जतेन्द्र यादवलाई प्रहरीले पक्राउ गर्‍यो । मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि भइरहेको ट्रायल परीक्षा उत्तीण गराउन धनुषा मिथिला नगरपालिका–६ का बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिक–१० का अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ लिएको उजुरी परेपछि प्रहरीले यादवलाई पक्राउ गरेको थियो ।

ट्रायल परीक्षा पास गराएर सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै यादवले १० जनासँग रकम उठाएको आरोपमा भदौ ९ गते पक्राउ परे । यादवको साथबाट लाइसेन्स बनाउन आवश्यक कागजात र नगद रुपैयाँ प्रहरीले बरामदगरेका थिए ।

मोटरसाइकल ट्रायल परीक्षामा पास गराई यतायता व्यवस्था कार्यालय जनकपुरबाट सावरीचालक अनुमतिपत्र बनाउनका लागि यादवले अर्को एजेन्टको समेत संलग्नता देखाए ।

प्रहरीले महोतरी, महोतरी गाउँपालिका २ का २८ वर्षीय पंकजकुमार सिंहलाई समेत पक्राउ गरे । यादवले सिंहलाई सवारी चालक अनुमति पत्रका लागि १ लाख ५१ हजारको चेक दिएको समेत बरामद गरेको छ । यतायता कार्यालयमा रुपैयाँ खर्चेर मोटर साइकल चालक अनुमति पत्र बनाउने दुवै विचौलियालाई प्रहरीले ठगि मुद्दा दर्ता गराएर अनुसन्धान गरिरहेको छ ।

तस्बिर खिचाउन र कागजात फोटोकपी गर्ने ठाउँबाट नै बिचौलियाको फन्दामा पर्छन्, सेवाग्राही । यातायात व्यवस्था कार्यालय जनकपुरमा सवारी अनुमतिपत्र बनाउनआउने सेवाग्राही बिचौलियाबाट त लुटिन्छ नै कार्यालयको कर्मचारीको पनि गोजी नभरे काम अगाडि बढ्दैन ।

धनुषा सुगानिकासका विमल मण्डल मोटरसाइकल नवीकरणको प्रकृया बुझ्न बुधबार यातायात कार्यालयनिर पुगे । पसलमा नवीकरण फारम बिक्री र फोटोकपी गर्न बसेका व्यवसायीले नवीकरण शुल्क, बिमा गरी ८ हजार ६ सय रुपैयाँ खर्च लाग्ने बताए । व्यवसायीले ८ हजारको रसिद दिने र ६ सय कर्मचारी खर्च भन्दै काम त्यो पैसा मागे । विमल काम नगराइ फर्के ।

सेवाग्राही दिनभर लाममा बस्दा पनि नहुने काम बिचौलियाले एकैछिनमा फत्ते गराइदिन्छन् । यामाहा कम्पनीको जनकपुरबाट मोटरसाइकल खरिद गर्दा मूल्य अनुसारको रकम बुझाएपछि मोटरसाइकल नामसारीका लागि स्थानीय रोहित महतोसँग अतिरिक्त १ हजार रुपैयाँ मागियो । ‘पैसा त दिन्न भनें,’ महतोले भने, ‘चिनजानको भरमै पछि मेरो काम भयो । तर, अर्को मोटरसाइकलको नामसारी गराउनेले एक हजार रुपैयाँ नतिरी सुख पाएनन् ।’

जनकपुरका शशिभूषण झाले पनि दिनभर फाँटको ढोकामा लाइन बस्न झन्झटिलो भएपछि विचौलियालाई ४ सय रुपैयाँ दिएर तुरुन्तै काम गराए । यातायात कार्यालय जनकपुरको दर्ता, बैक भौचर, भौचर प्रमाणित, नवीकरणमा दिनहुँ लाग्ने भीडमा छिनछिनमा विवाद हुन्छ । यातायातको काम दर्ता फाँटबाट सुरु हुन्छ । लाइसेन्स नयाँ लिन र नवीकरण गर्न दर्ता फाँटमा लाइन सकेपछि मेडिकल, बैंक भौचर, भौचर प्रमाणित र स्मार्ट कार्डको रसिद लिन ४ पटक लाइनमा बस्नुपर्छ । समान्य व्यक्तिबाट लाइनमा सम्भव नभएपछि विचौलियलाई ५ सय देखि १ हजारसम्म रुपैयाँ दिएर काम गराउन सेवाग्राहीलाई बाध्य पारिएको छ ।

यतायात कार्यालय अगाडि रहेको फोटोकपी, स्टेसनरी पसल व्यवसायी र ड्राइभिङ इन्सिच्युट सञ्चालकले बिचौलियाको काम गर्छन् । सवारी नामसारी, चालक अनुमतिपत्र नवीकरण लगायतको समान्य कामका लागि दिनभर लाइन बस्नुपर्ने बाध्यता छ । तर, विचौलयाले कर्मचारीसँग मिलेर तुरुन्त काम गराउँदा सेवाग्राही अतिरिक्त रकम तिरेर सेवा लिन बाध्य छन् ।

कार्यालयमा सेवाग्राही र बिचौलिया छुट्याउनै गाह्रो भएको अधिकृत रामजीवन महतोले बताए । ‘लाइसेन्स एप्रुभल गराउन सेवाग्राहीको कागजात लिएर बिचौलिया नै आउँछन्,’ महतोले भने, ‘यतायातमा आउने सेवाग्राही नै सचेत छैन । आफैं आएर काम गराउन झन्झटिलो मानेर सुरुमै विचौलिया कहाँ पुग्छन् ।’

ट्रायलकै नतिजा गुपचुप
यतायात व्यवस्था कार्यालय जनकपुरको पर्खालभरि नामको सूची टाँसिएको छ । सवारीचालक अनुमतिपत्रको लिखत परीक्षा उत्तीर्ण गरेकाहरूको नाम पर्खाल फोहर हुनेगरी टाँसिन्छ । लिखत परीक्षा उत्तीर्ण भएको म्यासेज मोबाइलमा पनि आउँछ । तर, ट्रायल परीक्षाको नतिजा सार्वजनिक हुँदैन ।

यातायात कार्यालयका प्रमुख चन्देश्वर साहलाई नतिजा प्रकाशित भएको/नभएको जानकारी नै छैन । नतिजा सार्वजिक गर्ने स्थान नभएका कारण आन्तरिक रूपमा हेर्ने व्यवस्था गरिएको प्रशासन फाँटका अधिकृत अनिल गिरीले बताए । ‘लिखितको नतिजा म्यासेज र कार्यालय परिसरमा टांसिएको हुन्छ,’ अधिकृत गिरीले भने, ‘ट्रायल परीक्षाको नतिजा सार्वजनिक गर्ने स्थान नै छैन । प्रिन्ट निकाल्न धेरै खर्च लाग्छ ।’

विचौलियामार्फत जिल्ला ट्राफिक प्रहरी र यतायातले अतिरिक्त रकम लिएर जनकपुरमा सवारी चालक अनुमतिपत्र खरिद–बिक्री हुने गरेको आरोप लाग्छ । विचौलियाले आर्थिक लेनदेन गरी लिखतमा उत्तीर्ण गराएका व्यक्तिबाट ट्रायल अघि नै सबै रकम बुझेर यतायातमा सेटिङ मिलाउँछन् ।

मोटरसाइकल, स्कुटी, जिप–कारमा पछिल्लो समय कडाइ भएको छ । तर ट्याक्टर र लोडरको चालक अनुमतिपत्रमा आर्थिक चलखेल भइरहेको छ । गत साउन महिनामा ट्याक्टर र लोडर चाकल अनुमति पत्रका लागि १ सय ३३ जना फारम भरेकोमा १ सय ७ जना उत्तीर्ण भएको जनकपुर यतायता व्यवस्था कार्यालय जनकपुरले जनाएको छ ।

लोडर जेसिबीको ४५ हजार र ट्याक्टरको १५ हजार रुपैयाँ विचौलिया असुल गर्छन् । महोतरी गौशालाका दिनेश सिंह २ जनाको ट्याक्टर लाइसेन्स बनाउन यातायात कार्यालय अगाडि बस्ने बिचौलियासँग १४ हजारको दरले सहमति गरेको बताए । मोटरसाइकल चालक अनुमतिपत्रका लागि १० हजार, जिप–कारको २० हजार बिचौलयाले लिन्छन् ।

साउन महिनामा मोटर साइकल/स्कुटीका लागि १ हजार ५सय ७५ जनाले आवेदन दिएकोमा ६ सय ८८ जना उत्तीर्ण भए । जिप–कारको चालक अनुमतिपत्रका लागि ५ सय ७३ ले आवेदन दिएकोमा १ सय ८२ जना र टेम्पो/रिक्साका लागि ३६ जनाले आवेदन दिएको ८ जनाले उत्तीर्ण गरेको यतायता कार्यालयका अधिकृत गिरीले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ १२:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजसंस्था हटाउन ‘रअ’ को भूमिका बारे छानबिन हुनुपर्छ : राप्रपा अध्यक्ष थापा  

प्रमिता ढकाल

भरतपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालबाट राजसंस्था हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपाली नेता प्रयोग गरेको आरोप लगाएका छन् । 

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले ‘रअ’अले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरी राजसंस्था हटाउन षडयन्त्र गरेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने माग समेत गरेका छन्।

‘यो सामान्य विषय हुँदै होइन,’ उनले भने, ‘यस विषयमा सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सत्यतत्थ्य पत्ता लगाउनु पर्छ।’ एउटा विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा निर्णायक भूमिका खेल्नु र त्यसमा राजनीतिक दलका नेता प्रयोग हुनु निकै संवेदनशील र गम्भीर विषय भएको उनले टिप्पणी गरे।

दुई तिहाई बहुमतको सरकारले दुई वर्ष पुग्दा पनि जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिलाउन नसकेको भन्दै उनले देशमा राजनीतिक परिवर्तन पछि जनताको अभिमत विना नै धर्म निरपेक्ष लागू गर्नु त्रुटि भएको बताएका छन्। पछिल्लो समय देश भयानक धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएकोतर्फ उनले सचेत गराएका छन्।

धर्म परिवर्तनको नाममा भइरहेका गतिविधिलाई समयमा नै नियन्त्रण गर्न नसके सामाजिक सद्भाव र एकतामा खलल पुग्ने उनको भनाई छ। नेपालगञ्जबाट दैलेख पठाइएका गाई हत्याको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न थापाले माग गरेका छन्।

प्रकाशित : भाद्र १९, २०७६ १२:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT