कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदैछन् । परराष्ट्र स्रोतका अनुसार दुई दिने कार्यतालिकाबारे स्पष्ट भैनसकेपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा आउन लागेका विदेशमन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री तहमा भेटवार्ता गर्दैछन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी आउँदै

समाचार स्रोतका अनुसार भारतसँग भदौ २३–२४ मा हुन लागेको दुईदेशीय सिमा बैठक अन्तिम घडीमा आएर अवरुद्ध भएपछि पाकिस्तानमा हुन गैरहेको चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय बैठकपछि विदेशमन्त्री यी काठमाडौं आउन लागेका हुन् ।


त्रिदेशीय बैठकका लागि विदेशमन्त्री यी शनिबार इश्लामाबाद पुग्ने अर्न्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज अन्तिममा हुन लागेको सम्भावित नेपाल भ्रमणका पूर्वतयारीमा विदेशमन्त्री आउन लागेको चर्चा भएपनि यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।


परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्रीको भ्रमणको संकेत आएपनि दुईदेशीय वार्ताका एजेन्डा तय हुन बाँकी छ ।

प्रकाशित : भाद्र १८, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?