कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाबाट स्याङजाको गल्याङतर्फ जाँदै गरेको जीप दुर्घटना, ३ को मृत्यु, १८ घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको हुँगीबाट स्याङजाको गल्याङतर्फ जाँदै गरेको जीप बुधबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–३ बुटवल पावर हावस नजिकै भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । 

पाल्पाबाट स्याङजाको गल्याङतर्फ जाँदै गरेको जीप दुर्घटना, ३ को मृत्यु, १८ घाइते 

वालिङ –११ स्याङजाकी ३४ वर्षीया मञ्जु भण्डारी गैरे, वालिङ–१३ वायखोलाका नौ महिने बालक प्रसन्न परियार र रम्भा गाउँपालिका–१ की ७० वर्षीया छलीमाया नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


लु १ ज ३८४१ नम्बरको जिप विपरीत दिशाबाट आउँदै गरेको बसलाई साइड दिँदा दुर्घटनामा परेको हुन सक्ने गल्याङ प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा १४ सिटे गाडीले दोब्बर यात्रु बोकेको देखिएको छ ।



घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?