कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिरको प्रलोभनमा भेट्न बोलाई मोबाइल तथा गरगहना लुट्ने पक्राउ 

अवधेशकुमार झा

राजविराज — युवतीहरुलाई सामाजिक सञ्जाल र फोन मार्फत् जागिरको प्रलोभन देखाई लुटपाट र बलात्कार गर्ने सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरका सञ्जिव खड्का बताउने सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

जागिरको प्रलोभनमा भेट्न बोलाई मोबाइल तथा गरगहना लुट्ने पक्राउ 

विभिन्न एनजीओ र बैंकमा जागिर दिने भन्दै सन्तोषले दुई दर्जन भन्दा बढी युवतीलाई लुट्ने गर्नुका केहीलाई बलात्कार समेत गरेको खुलेको छ । सामाजिक सञ्जाल मार्फत् युवतीहरुको फोन नम्बर लिने र फोन गरी जागिर दिने भन्दै आफनो गाउँमा बोलाउने अनि एकान्त स्थानमा लगेर युवतीहरुका मोबाइल, नगद र गरगहना लुटपाट गर्दे आएको प्रहरीको प्रराम्भीक अनुसन्धानमा खुल्न आएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादवले सोलुखुम्बुदेखि कञ्चनपुरसम्मका युवतीहरुलाई जागिरको प्रलोभनमा फसाई लुटपाट गर्थे ।


सन्तोष विरुद्ध उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्ने योजना बनाएको थियो । प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगंगा गाउँपालिका–३ नेमुवामा डेरामा बसिरहेका बेला नियन्त्रणमा लिएको डीएसपी मिश्रले जानकारी दिए ।


आरोपी सन्तोष विगतमा जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरेर फरार अपराधी समेत रहेको खुलेको छ । गत फागुनमा विराटनगरमा महिलालाई लुटपाट र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । सो घटनामा उनलाई अदालतले एक वर्ष ६ दिनको कैद सजाय तोकेको थियो । डीएसपी मिश्रका अनुसार सन्तोष कैद भुक्तान नगरी फरार थिए ।


प्रहरीले सन्तोषको साथबाट ८ वटा मोबाइल, सुन र चाँदीका गरगहनाहरु , नगद ३४ हजार, सनराईज बैकको भिसा कार्ड, २ वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टीकर,चक्कु, खुकुरी र छुरी बरामद गरेको छ ।

प्रकाशित : भाद्र १६, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?