कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहको कार्यकर्ताभन्दै सरकारी कर्मचारी धम्काउने तीनजना पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंका विभिन्न स्थानबाट चन्द समूहको नाममा सरकारी कर्मचारीलाई धम्काएर पैसा उठाउने तीनजनालाई पक्राउ गरेको ।

चन्द समूहको कार्यकर्ताभन्दै सरकारी कर्मचारी धम्काउने तीनजना पक्राउ

पक्राउ पर्नेमा विशर्वराज शर्मा, सुभाष कोइराला र शुभम घिमिरे छन् । प्रहरीका अनुसार उनीहरुले विभिन्न सरकारी कार्यालयमा कार्यरत उच्च पदस्थ कर्मचारीलाई चन्द समूहको काठमाडौं जिल्ला इन्चार्ज भन्दै रकम माग्ने र नदिए ज्यान मार्ने तथा बम पड्काउने धम्की दिने गरेका थिए ।

पक्राउ परेका मध्ये सुभाष कोइरालाको साथबाट जनध्वनी साप्ताहिको सम्पादकको परिचरयपत्र समेत बरामद भएको छ ।


प्रहरीले उनीहरुका बारे थप अनुसन्धान गरिरहेको बताएको छ ।


प्रकाशित : भाद्र १५, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?