कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली भिसा कार्डबाट रकम चोरी भएपछि राष्ट्र बैंकले भन्याे– 'ग्राहकको पैसा सुरक्षित छ'

एउटा बैंकको एटीएम अर्को बैंकमा नचल्ने 
यज्ञ बञ्जाडे

काठमाडौँ — नक्कली कार्ड प्रयोग गरेर एटीएमबाट पैसा चोरी भए पनि ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ । पैसा चोरी गर्दा खातामा नपुगी एटीएममा रहेको पैसामात्र निकालेकाले ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

नक्कली भिसा कार्डबाट रकम चोरी भएपछि राष्ट्र बैंकले भन्याे– 'ग्राहकको पैसा सुरक्षित छ'

‘ग्राहकको पैसा सुरक्षित छ,’ उनले भने, ‘चोरले केही बैंकको एटीएममा मात्र भएको पैसा चोरी गरेको देखिएको छ ।’

शनिबारसम्मको तथ्यांक अनुसार बिभिन्न बैंकहरुको एटीएमबाट करिब १ करोड २१ लाख रुपैयाा चोरी भएको छ । यो नक्कली भिसा कार्डमार्फत एटीएमबाट पैसा चोरी गर्ने व्यक्तिहरुबाट बरामद भएको रकम हो । शनिबार प्रहरीले रकम चोरी गर्ने पाँच जना चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।

रकम चोरी गर्ने काममा संलग्न अरु व्यक्ति फरार रहेकाले एटीएमबाट चोरी भएको रकम करिब ३ देखि ४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो बैंकहरुकै अनुमान हो । बैंकहरुले आइतबार राष्ट्र बैंकमा भएको आकस्मिक बैठकमा यस्तो जानकारी दिएका हुन ।

एटीएमबाट रकम चोरी कार्यमा संलग्न ठूलै गिरोह सक्रिय रहेको आंशकामा अधिकांश एटीएम मसिन बन्द गरेको छ । उता राष्ट्र बैंकले भने सबै एटीएम बन्द नभएको दाबी गरेको छ । राष्ट्र बैंकका अनुसार सुरक्षाका कारणले केही बैंकले एटीएम सञ्चालनमा रोक लगाए पनि बाँकी बैंकका खुलेका छन् ।

अहिले जुन बैंकको एटीएम हो । सो बैंकको एटीएम मेसिनमामात्र कार्डले काम गर्छ । तर, एउटा बैंकबाट जारी भएको एटीएम अर्को बैंकको एटीएममा नचल्ने बैंकहरुले जनाएका छन् । ‘आफ्नो बैंकको एटीएममा समस्या नेखिए पनि धेरै बैंकले एटीएम सञ्चालन नगरेको, सञ्चालन पनि पर्याप्त पैसा राखिएको छैन,’ स्रोतले बताएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?