कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डेंगु नियन्त्रणको लागि सेनासम्म पनि परिचालन गर्न सकिन्छ'

अतुल मिश्र

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियान अन्तर्गत  सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत दिएका छन् । डेंगु नियन्त्रण गर्न सबै नेपालीले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने औल्याउँदै स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजित गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, ‘डेंगुको लागि सबैको सहभागितामा अभियान नै चलाउनु पर्छ, आवश्यक परे पुलिस र सेना सबै मिलेर डेंगुलाइ परास्त गरौं ।’

'डेंगु नियन्त्रणको लागि सेनासम्म पनि परिचालन गर्न सकिन्छ'

डेंगु नियन्त्रणको लागि आमजनमानसमा यो विषयको जनचेतना अत्यावश्यक रहेको जनाउदै यादवले भने, ‘खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन, आमजनस्तरमा डेंगुको लार्भा नष्ट गर्ने जनचेतना नल्याएसम्म नियन्त्रण गाह्रो छ ।’


देशभर नै डेंगु फैलाउने लामखुट्टे पुगेको औल्याउदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यसअघि समेत व्यापक रुपमा डेंगु देखिएपछि सेना परिचालन गरिएको बताए ।


डेंगुको लार्भालाई खोजेर नष्ट नगरेसम्म यो समस्यालाई समाधान गर्न नसकिने जनाउदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले भने, ‘डेंगु लामखुट्टेको प्रजनन स्थल रहेको घरहरुलाई नष्ट गर्नु नै उत्तम उपाय हुने बताए ।’


स्वास्थ्य मन्त्रालय एक्लै डेंगु नियन्त्रण गर्ननसक्ने कुरा आफू सरकारका सचिवहरको बैठक मै राखेको जनाउदै स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले भने, ‘आम व्यक्तिसँगै राज्यको सबै निकायले मिलेर मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ ।’


डेंगु नियन्त्रणको लागि आफ्नो घर सफा गरेर मात्र नहुने, छिमेकीको घर समेत सफा हुनु पर्ने औल्याउदै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसिडी)का भेक्टरवोर्न डिजिज कन्ट्रोल सेक्सनका प्रमुख घनश्याम पोखरेलले भने–‘छिमेकी मुलुक भारतको मुम्बईमा जसको घरमा डेंगुको लार्भा र प्युपा देखिन्छ त्यसलाइ दण्डित गरिन्छ, हामीले पनि यस्तै कानुन ल्याउने हो की ?’


प्रकाशित : भाद्र १२, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?