कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

काठमाडौँ — सरकारले विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा पेश गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन्

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन ।

नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।


सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडया काउन्सिलललाई दिने, काउन्सिलको अधिकार र कारबाही गर्ने विषय लगायत मिडिया काउन्सिललाई थप मजबुद बनाउने विषयहरु विधेयकमा उल्लेख भएको मन्त्री बास्कोटाले बताएका छन् ।

प्रकाशित : भाद्र १२, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?