कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपा सांसदको प्रश्न- 'नागरिकता विधेयक कहाँ हरायो ?'

काठमाडौँ — राजपाका सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयक संसद्‌मै गायब भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् कर्णले नागरिकता विधेयक चाँडो संसद्‌मा ल्याउन माग गरे । 'संसद्‌मा आएको नागरिकता विधेयक कहाँ हरायो ?, म खोजिराखेको छु, संसद्‌मा आएको सम्पत्ति सभामुखलाई पनि थाहा होला' उनले भने, 'चाँडोभन्दा चाँडो ल्याउने व्यवस्था गर्नुपर्‍यो ।'

राजपा सांसदको प्रश्न- 'नागरिकता विधेयक कहाँ हरायो ?'

करिब ५ लाख युवा नागरिकता नहुँदा रोजगारी, शिक्षा पाउनबाट बञ्चित भइरहेको सांसद कर्णको भनाइ थियो । 'नागरिकताविहीन व्यक्तिहरुको दसा के हुन्छ भन्ने मैले भन्नु पर्छ । आज ५ लाखभन्दा बढी युवाहरुले नागरिकताविहीन भएर रोजगार पाएका छैनन् । उच्च शिक्षा पाएका छैनन्, सिंहदरबारभित्र प्रवेश गर्न सकेका छैनन्' उनले भने, 'समितिले जहाँ थन्क्याएर राखेको छ । चाँडै संसद्‌मा ल्याउनुपर्‍यो । सम्बन्धित समिति र मन्त्रीलाई अनुरोध गर्छु ।'


नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक करिब वर्ष दिनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । विधेयकमा सहमति हुन बाँकी विषय सल्ट्याउन गत चैतमा बसेको समिति बैठकले सांसद विजय सुब्बाको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले मंगलबार विवादित विषय जस्ताको तस्तै राखी प्रतिवेदन बुझाएको छ ।


सांसद भरतकुमार साहले सरकारले किसानलाई युरिया र डिएपी मलमा दिइँदै आएको अनुदान कटौती गर्न खोजिएकोमा आपत्ति जनाए । ११ अर्ब चाहिनेमा बजेट भाषणमा ८ अर्ब अनुदान छुट्ट्याइएको उल्लेख गर्दै उनले किसानले पाइरहेको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : भाद्र १०, २०७६ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?