१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

'ब्ल्याकमेलिङ' गर्दै दलित किशोरीको बलात्कार, पीडित परिवारलाई घर छाड्न वडा कार्यालयको उर्दी

पर्वत पोर्तेल

धुलावारी (झापा) — बलात्कारको शिकार एक किशोरीको परिवारलाई घर छाड्न झापा मेचीनगर–९ को वडा कार्यालयले उर्दी जारी गरेको छ । डोम समुदायकी १७ वर्षीया किशोरीलाई तीन महिना अघि स्थानीय ६० वर्षका विष्णु खड्काले ललाइफकाइ गरी पटकपटक बलात्कार गर्दै आएका थिए ।

'ब्ल्याकमेलिङ' गर्दै दलित किशोरीको बलात्कार, पीडित परिवारलाई घर छाड्न वडा कार्यालयको उर्दी

खड्का अहिले फरार छन् । डोम परिवार खड्काकै घरमा डेरामा बस्दै आएको थियो ।

खड्काकी पत्नी पुष्पाले दुई वर्षदेखि भाडा नतिरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा वडा कार्यालयले गत आइतबार घर छाड्न उर्दीसहित पत्र टाँस गरेको पीडित लीला मल्लिकले जानकारी दिइन् । उनले आफूले प्रत्येक महिना घर भाडा तिरेको दाबी गरेकी छन् ।

‘घर भाडा नतिरेको बहानामा हामीलाई बेघर बनाउन लागिएको हो,’ लीलाले कान्तिपुरसँग भनिन्, ‘छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि खड्का परिवारले यस्तो बहाना गरेको हो ।’

विष्णुले छोरीलाई ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको आरोप लीलाको छ । किशोरीले गत असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्काविरुद्ध किटानी जाहेरी दिएकी छन् । तर, अहिलेसम्म आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले फरार अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे । ‘हामीले देशभरि नै पत्राचार गरेका छौं,’ उनले भने । दलित अधिकारकर्मी टिका मंग्रातीले डोम परिवारलाई घर निकाला गराउन स्थानीय छिमेकीहरुले समेत पटकपटक दबाब दिँदै आएको पत्ता लागेका जनाए ।


प्रकाशित : भाद्र १०, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?