कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला सांसदको भूमिका प्रभावकारी नभएको गुनासो

काठमाडौँ — संघीय संसदमा महिला सांसदहरुको भूमिका प्रभावकारी नभएको भन्दै संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ ।

महिला सांसदको भूमिका प्रभावकारी नभएको गुनासो

संविधान जारी भएपछि संसदमा महिला सांसदहरुको भूमिका प्रभावकारी नभएको भन्दै कार्यक्रमको आयोजना गरिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।


उनले भनिन्, ‘हाम्रो संसदीय अभ्यास पुरानो भए पनि महिला माननीयहरुको भूमिका प्रभावकारी हुन सकिरहेकको छैन ।’ संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउँदै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।


राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यासमा पुरानो भए पनि कहिलेकाही स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेकको बताइन् । संसदमा महिला माननीयहरु शून्य समय र विशेष समयमा प्रस्तुति शैली पनि कमजोर रहेको टिप्पणी गरिन् ।


कार्यक्रममा संविधानसभभााका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नेपाली जनताको प्रत्यक्ष सहभागितमा संविधान जारी भएको र यो संविधान विश्वकै उत्कृष्ट रहेको बताए ।


जटिल प्रश्नहरु लिएर सांसदहरु ऊ बेला गाउँगाउँमा पुगेर अहिलेको संविधान जारी भएको बताए । अहिलेको संविधान समझदारी, समावेशी र सहभागीमूलक ढंगबाट निर्माण गरिएको बताए । नेम्बाङले राजनीतिक आन्दोलन सकिएको र अब विकास निर्माणमा जुट्नुपर्ने बताए ।


उनले महिला सांसदहरुलाई शून्य समय र विशेष समयमा कसरी प्रस्तुति दिने तथा प्रस्तुति शैलीको बारेमा जानकारीका साथै संसदीय अभ्यास, प्रणालीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित : भाद्र १०, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?