कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान सुरु

रमेशकुमार पौडेल

चितवन — 'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त मध्येका युवराज कँडेलको बयान सोमबार सुरु भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको थियो । आजै रवि लामिछानेको पनि बयान हुने बताइएको छ । कँडेलको बयान जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भइरहेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान सुरु

आइतबार लामिछाने र कँडेलको बयानको समय नपुगेकोले सोमबारलाई सारिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ ।


पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, कँडेल र कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछिलामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।


पुडासैनी चितवनको एक होटलमा साउन २० गते मृत अवस्थामा भेटिएका थिए।

प्रकाशित : भाद्र ९, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?