कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरी अभियोगमा दुई चिनियाँ पक्राउ

काठमाडौँ — टर्किस एयरलाइन्सभित्र चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चिनियाँ नागरिकहरू ए क्युवेई र हु झिङजोङ शनिबार बिहान पक्राउ परेका हुन् ।

चोरी अभियोगमा दुई चिनियाँ पक्राउ

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको थियो । त्यसपछि खोजी गर्नेक्रममा प्रहरीले शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका उनीहरूलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रासहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?