कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलालाई उद्यमशील बनाइनुपर्नेमा जोड

काठमाडौँ — महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई उद्यमशील बनाइनुपर्नेमा जोड दिएकी छन् । उनले वित्तीय पहुँच र उपयुक्त बजारको विकास गरी महिलाहरूलाई उद्यमशील बनाइने पर्ने बताइन् । 

महिलालाई उद्यमशील बनाइनुपर्नेमा जोड

'महिलाको पहुँच आर्थिक सक्षमतासँग जोडिएको हुन्छ । ' राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले भनिन् ,' व्यावसायिक उद्यम नै महिला सक्षम हुने एउटा गतिलो आधार हो । '


मन्त्री थापाले राजनीतिक तहमा महिलाहरुको सहभागिता बढ्दै गएपनि लैंगिक असमानता र पछ्यौटेपना अहिले पनि समाजमा यथावत नै रहेको बताइन् । उनले भेदभाव उन्मुलन गर्नका लागि आर्थिक पहुँचको मुलधारमा ल्याउन संविधानमा उल्लेखित व्यवस्था अनुसार महिला सशक्तिकरणमा जोड दिने बताइन् । यसका लागि विदेशी साझेदारी सहयोगीहरुसँग लघुउद्यम, सहकारी, उद्योगहरु सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।


स्थानीय सरकार र प्रदेश सरकारलाई परिचालन गरेर व्यावसायिक वातावरण तयार गर्ने मन्त्री थापाको भनाइ छ ।


नेपालमा भेदभावजन्य कानुन, सूचना प्रविधिमा पहुँचको अभाव, भेदभावजन्य सामाजिक मूल्य मान्यताले गर्दा महिला स्वामित्व तथा उद्यमशिलतामा बाधक बन्ने गरेको उनले बताइन् ।

प्रकाशित : भाद्र ८, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?