कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा डेंगुले एकजनाकाे निधन

रमेशकुमार पौडेल

चितवन — लामखुट्टेकाे टाेकाइका कारण हुने डेंगु राेगका कारण भरतपुरमा एकजनाकाे निधन भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्राेल निरीक्षक राम केसीका अनुसार डेंगु ज्वराेका कारण ७१ वर्षका एकजना पुरूषकाे निधन भएकाे हाे ।

भरतपुरमा डेंगुले एकजनाकाे निधन

साउन २९ गते ज्वराे आएर ती व्यक्ति उपचारका लागि भरतपुर सामुदायिक अस्पताल आएका थिए । त्यसै दिन उनलाई उपचारका लागि भरतपुरकाे नयाँ मेडिकल कलेजकाे शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारका क्रममा साेही अस्पतालमा साउन ३१ गते मृत्यु भएकाे केसीले बताए ।


जिल्ला स्वास्थ्य कार्यालयमा भदाै ६ गते याे विवरण प्राप्त भएकाे उनले बताए । नवलपरासी घर भएका मृतक नारायणगढ गंगाेत्री मार्गमा बस्दै आएका थिए । भरतपुरकाे वडा नम्बर १, २, ३ , ४ र १० काे बजार क्षेत्रमा डेंगुकाे प्रकाेप बढेकाे केसीले बताए ।


उनका अनुसार साउनयता भदाै ५ सम्म डेंगु लागेका २२५ व्यक्ति उपचारका लागि आएकाे निरीक्षक केसीले जानकारी दिए ।

प्रकाशित : भाद्र ८, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?