उपचारका क्रममा सुत्केरीको मृत्यु  

संगीता तिमिल्सेना 

बाजुरा — जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जना सुत्केरीको मृत्यु भएको छ । उपचारको क्रममा बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया सुत्केरी बसन्ती नेपालीको मृत्यु भएको हो । 

प्रतिकात्मक तस्बिर ।
ZenTravel

शनिबार बिहान बसन्तीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकी थिइन् । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिरहेको बेला बसन्तीको एक्कासी मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए ।

Meroghar

उनलाई गत साउन २६ गते जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । चिकित्सकहरुले उनको अवस्था बुझेपछि भदौ २ गते अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिएका थिए ।

तर उनका आफन्तहरुले समयमै जिल्ला अस्पताल नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरीले बताए ।

बसन्तीको श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ १६:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ठूला आयोजना निर्माणमा जोड दिन पर्यटनमन्त्रीको आग्रह  

कान्तिपुर संवाददाता

(पाँचथर) — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईले जिल्लामा सञ्चालित ठूला आयोजनाहरुको निर्माणलाई जोड दिन आग्रह गरेका छन् । 'यो क्षेत्रको विकासका लागि यहाँका ठूला आयोजनालाई चाँडै सम्पन्न गर्नु अहिलेको आवश्यकता हो', उनले भने, 'जिल्लामा सञ्चालित ठूला आयोजनाहरुले भारत र चीनसँगको सम्बन्ध स्थापित गराउँछ ।'

जिल्ला समन्वय समिति पाँचथरको शनिबार तेस्रो जिल्लासभा उद्घाटन गर्दै मन्त्री भट्टराईले अन्तरदेशीय सम्बन्धका आयोजनालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 'हामी समृद्धि खोजिरहेका छौं', उनले भने पर्यटनको उच्च सम्भावना भएका क्षेत्रलाई छोडेर हामीले चाहेको लक्ष्य पूरा हुन सक्दैन ।'
पाँचथरसहित तेह्रथुम, ताप्लेजुङ, इलाम जिल्ला दक्षिणमा भारत र उत्तरमा तिब्बतसँग सीमा जोडिएका क्षेत्र भएकाले मन्त्रलयले पर्यटन र व्यापारिक हिसाबमा ती आयोजनालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । तमोर करिडोर, मध्यपहाडी मदन भण्डारी लोकमार्ग, तमोर जलाशययुक्त आयोजना निर्माणाधीन अवस्थामा छन् । यी आयोजनालाई बहुउद्देश्य आयोजनाका रुपमा विस्तार गर्नु पर्ने मन्त्री भट्टराईले बताए । विद्युत् उत्पादनका लागि मात्रै नभएर जल पर्यटन, सिँचाई, जल यातायातजस्ता क्षेत्रमा विकास गर्न सके दोहोरो फाइदा हुने उनको भनाइ थियो ।

जिल्लामा २२ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । समन्वय समितिले जिल्लाका सबै तहमा सञ्चालन भएका कार्यक्रमको अनुगमन, जिल्लाको विकासका लागि प्रारम्भिक खाका तयार, दिगो विकासको पहलमा विशेष पहल, जिल्लाका नदीमा हुने प्राकृतिक दोहन हुन नदिन अनुगमनको कार्य बढाउने, जिल्लामा सामाजिक अवस्थामा समस्या आउन नदिन मनोसामाजिक विमर्शका कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयलाई समेटिएको जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले बताए ।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख विमल साप्कोले केन्द्र, प्रदेश र स्थानीय तह बीचको समन्वय र योजना अनुगमनलाई प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित : भाद्र ७, २०७६ १६:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×