कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन शीर्ष नेताको अनौपचारिक सहमति- 'सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व महान्याधिवक्ता श्रेष्ठ'

बेलुकी ५ बजेपछि फेरि शीर्ष नेताहरु छलफल गर्दै
घनश्याम खडका

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा रमण श्रेष्ठलाई बनाउन नेकपा र कांग्रेसका ३ शीर्ष नेताहरुबीच अनौपचारिक सहमति भएको छ । उच्च स्रोतका अनुसार शीर्ष नेताले बुधबार दिउँसो पूर्व महान्यायाधिवक्ता श्रेष्ठलाई अध्यक्ष बनाउन अनौपचारिक सहमति गरेका थिए । यसलाई अन्तिम रुप दिन फेरि बेलुकी ५ बजे शीर्ष नेताहरुबीच छलफल हुँदै छ ।

तीन शीर्ष नेताको अनौपचारिक सहमति- 'सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व महान्याधिवक्ता श्रेष्ठ'

शीर्ष नेताहरुबीच बनेको सहमतिकै नाममा सिफारिस समितिले ‍औपचारिकता दिनेछ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने छ ।


दिउँसो शीर्ष नेताहरुबाट श्रेष्ठको नाम टुंगो लगाएर आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिले बेलुका श्रेष्ठको नामलाई औपचारिकता दिने कार्यतालिका बनाइएको थियो । तर शीर्ष नेताहरुको छलफलपछि श्रेष्ठको नाम पक्का भएको खबर आएपछि सिफारिस समितिको बेलुकी बस्ने भनेको बैठक नबस्ने भएको छ । स्रोतले भन्यो, 'दिउँसै श्रेष्ठको नाम आउन थालेपछि प्रेसर पर्‍यो । त्यसैले १/२ दिनपछि सिफारिस समितिको बैठक बोलाउने गरी स्थगित गरियो ।'

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बेलुकी ५ बजेपछि बस्ने अर्को बैठकले सिफारिस सामितिलाई निर्देशन दिनेछ । प्रधानमन्त्री ओली उपचारको लागि बिहीबार सिंगापुर जाने भएपछि आयोग अध्यक्षको नाम अन्तिम टुंगो लगाएर जाने बुझिएको छ ।


सरकारले आयोगको अध्यक्ष सिफरिसको लागि गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।


श्रेष्ठको नाम सिफारिस हुने लगभग निश्चित भएपछि द्वन्द्व पीडितहरुको संस्था साझा चौतारीले भने विरोध गरेको छ । श्रेष्ठ २०७३ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा तत्कालीन एमाओवादीको तर्फबाट महान्यायाधिवक्ता बनेका थिए ।


यसअघि गोविन्द बन्दीलाई प्रधानमन्त्रीले र सूर्य ढुंगेललाई देउवाले नाम लिएका थिए । दुवै नाममा सहमति नभएपछि देउवाले श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।

प्रकाशित : भाद्र ४, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?