कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीको चुनौती, 'मरिगए हुन्थ्यो भन्नेलाई आउँदो चुनाव टफ हुनेछ'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे अफवाह फैलाएकोमा चिन्ता व्यक्त गर्दै अझै अर्को चुनाव लड्न विपक्षीलाई तयार रहन चुनौती दिएका छन् । 

प्रधानमन्त्री ओलीको चुनौती, 'मरिगए हुन्थ्यो भन्नेलाई आउँदो चुनाव टफ हुनेछ'

बुधबार गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बैठकलाई सम्बोधन गर्दै उनले विरोधीहरु आफूसँग चुनाव लड्न तयार नदेखिएको बताए । 'म भोलि सिंगापुर जाँदैछु केही दिनका लागि । अचम्म लाग्छ, विरोधीहरु कति कमजोर भएछन् उ बाँचोस् तैपनि मुकाबिला गर्छौं भन्नु छैन । मरिहालेदेखि हुन्थ्यो भन्छन्, त्यस्ताहरुसँग मलाई केही भन्नु छैन', उनले भने, 'आउँदो चुनाव पनि सामना गर्न तयार रहन त्यस्तो चाहनेहरुलाई म भन्न चाहन्छु ।'


मरिगएहुन्थ्यो भन्नेलाई आउँदो चुनाव टफ हुने भन्दै उनले अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गर्न चुनौती दिए ।

स्वास्थ्य परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जाने जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, 'म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष अखडा मै हुन्छु ।' उनले उपचारमा केही दिन लाग्ने बताउँदै संविधान दिवसभन्दा अगाडि नै आइपुग्ने जानकारी दिए ।


प्रकाशित : भाद्र ४, २०७६ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?