कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ सचिवको सरुवा, २ वरिष्ठ सहसचिवलाई कामु सचिवमा बढुवा

काठमाडौँ — सरकारले विभिन्न मन्त्रालय र निकायका १५ सचिवलाई सरुवा गरेको छ भने दुई जना वरिष्ठ सहसचिवलाई कायममुकायम सचिवमा बढुवा गरी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । 

१५ सचिवको सरुवा, २ वरिष्ठ सहसचिवलाई कामु सचिवमा बढुवा

सचिवहरू शिक्षाका खगराज बराललाई स्वास्थ्यमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रकमा, सतर्कता केन्द्रका माधव बेलवासेलाई खानेपानीमा, राष्ट्रपति कार्यालयका विनोद केसीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका बेगेन्द्र शर्मा पौड्याललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।


यसैगरी वाणिज्य तथा आपूर्तिका केदारबहादुर अधिकारीलाई पर्यटनमा, महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा, सिँचाइका सञ्जय शर्मालाई विज्ञान तथा प्रविधिमा, वित्त आयोगका वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्तिमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका हरि पौडेललाई राष्ट्रपति कार्यालय, स्वास्थ्यका रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा र लोकसेवा आयोगका महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ ।


प्रदेशका प्रमुख सचिवद्वय क्रमशः ३ नम्बरका आनन्द ढकाललाई लोकसेवा आयोगमा र ५ नम्बरका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । निजामती प्रशासन सेवाभित्रको सामान्य प्रशासन समूहका वरिष्ठ सहसचिवद्वय तोयम राय र तोयनारायण ज्ञवालीलाई कामु सचिवमा बढुवा गरिएको छ । रायलाई ३ र ज्ञवालीलाई ५ नम्बर प्रदेशको कामु प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।


इन्जिनियरिङ क्लस्टर (समूह) का सचिव रहने सिँचाइ, सतर्कता केन्द्र र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । तीनवटामै वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्नेछन् । निमित्तलाई दैनिक प्रशासन चलाउनेबाहेक नयाँ निर्णय गर्ने अख्तियारी हुन्न ।


सचिवत्रय अर्जुनकुमार कार्की र दीपेन्द्रनाथ शर्मा पदावधिले तथा कृष्णराज बीसी उमेर हदले अवकाश पाएपछि इन्जिनियरिङ क्लस्टरमा तीन सचिव पद रिक्त छ । सामान्य प्रशासन क्लस्टरका दुई सचिवमध्ये विष्णु लम्साल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वरिष्ठ अध्ययन निर्देशक नियुक्त भएका र कृष्ण देवकोटाले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा राय र ज्ञवालीलाई कामु दिइएको हो ।


प्रकाशित : भाद्र ४, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?