कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सँगै खाजा खाने पनि थुनामा 

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूसको कारोबार गर्नेहरूसँग खाजा खाएका दुई प्रहरीलाई समेत भ्रष्टाचार आरोपमा छानबिन गरेको छ । सवारी दुर्घटनाको प्रहरी प्रतिवेदन बनाइदिने बहानामा घूस माग्न गएका दुई प्रहरीका साथमा अन्य दुई जना पनि सामेल थिए । उनीहरू खाजा खाँदै गर्दा समातिएका हुन् । 

सँगै खाजा खाने पनि थुनामा 

‘घूसको लेनदेन हुँदा घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिइएको थियो,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले कान्तिपुरसित भने, ‘पछि अनुसन्धान हुँदा दुई जना प्रत्यक्ष सामेल नभएकाले मतियार भएको भेटियो । अनुसन्धानमा सहयोग गरेको हुनाले उनीहरूलाई सजायको मागदाबी नगरी मुद्दा दायर भएको हो ।’


अख्तियारले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्कका जवान देवेन्द्र बलायर, आकाश खनाल, नीरज भण्डारी र हिटलर साउदलाई एक लाख घूससहित पक्राउ गरेको थियो ।


तीमध्येका आकाश खनाल र नीरज भण्डारीले घूस लिएको नभेटिएको तर घूस खानेको मतियार देखिएको निष्कर्ष निकाल्दै अख्तियारले अनुसन्धानमा सहयोग गरेकाले मुद्दा नचलाई सजाय मागदाबीमा छुट दिइएको जनाएको हो । अनुसन्धान अवधिभर भने उनीहरू थुनामा परेका थिए ।

प्रकाशित : भाद्र २, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?