कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री अनुपस्थित भएपछि विधेयक पारित भएन

रासस

काठमाडौँ — औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठक स्थगन भएको छ । 

विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए । दफावार छलफल सम्पन्न भएको उक्त विधेयक समितिबाट पारित गर्ने कार्यसूची थियो । उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर छन् ।


मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले ल्याइएको सो विधेयकमाथि गगनकुमार थापा, प्रेम सुवाल, मीनबहादुर विश्वकर्मालगायत १७ सांसदको ५९ वटा संशोधन प्रस्ताव छ ।

प्रकाशित : भाद्र २, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?