कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिला खनाललाई, अब मलाई अपमानित गरियाे : नेपाल

अजित तिवारी

जनकपुर — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको मर्यादाक्रममा पहिला झलनाथ खनाललाई र अब मलाई अपमानित गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

पहिला खनाललाई, अब मलाई अपमानित गरियाे : नेपाल

धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेता नेपाल जनकपुर आएका हुन् । उनले अध्यक्ष दाहालकै सामुन्ने आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाए ।


‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोशिस भएको छ,’ विमानस्थलमा संवाददातासँग नेता नेपालले भने, ‘पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो । दोस्रो चरणमा मलाई पनि अपमानित गर्ने कोशिस भएको छ । राजनीतिमा गल्ती गर्नु हुँदैन । गल्तीहरु भएका छन् ।’


उनले पार्टीको मर्यादाक्रम सच्याउनुपर्ने बताए । ‘नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन् । कनिष्ठहरु परेका छन् । उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन्,’ नेपालले भने ।

प्रकाशित : भाद्र २, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?