१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

घूससहित समातिए प्रधानाध्यापक

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई घूससहित पक्राउ गरेको छ ।

सरुवा सहमति र रमाना मिलाइदिएबापत लिएको ६५ हजार रुपैयाँ घूससहित उनीहरूलाई समातिएको अख्तियारले जानकारी दिएको छ । दुवै जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।


प्रकाशित : श्रावण ३१, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?