नेकपाको केन्द्रीय विभागमा कुन नेतालाई के जिम्मेवारी ? [सूचीसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयको विवादपछि सत्तारुढ नेकपाले केही प्रदेश सहइन्चार्ज थप्दै केन्द्रीय विभागका प्रमुख, उपप्रमुखको टुंगो लगाएको छ । पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र २ जना कार्यालय सचिवको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो । 

सातै प्रदेशमा केही सहइन्चार्ज थप गरिएको छ । प्रदेश इन्चार्ज भनेनेकपा यसअघि नै चयन गरिसकेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डाको आधारमा प्रदेश १ को सहइन्चार्जमा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी, महेन्द्र पासवान, ३ मा काशीनाथ अधिकारी र हिमान शाक्यलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश ३ मा गण्डकीमा किरण गुरुङ, यशोदा सुवेदी गुरुङ, प्रदेश ५ मा कुलप्रसाद केसी, वैजनाथ चौधरी, कर्णालीमा कालीबहादुर मल्ल, प्रकाश ज्वाला र सुदूरपश्चिममा खगराज भट्ट, भानुभक्त जैसीले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

महत्वपूर्ण मानिएको स्कुल विभागमा ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिइएको छ । विदेश विभागको प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ ।

हेर्नुहोस् सूची

















प्रकाशित : श्रावण ३१, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभाका अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

हरि गौतम

(रुकुम पूर्व) — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभूत विद्यालय रिसालचौरमा अवतरण गरेको हो ।

बिहान बागलुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आएका तिमिल्सिना दिउँसो पोखरा फर्कन थालेका थिए ।

उड्दै गरेको हेलिकप्टर खराव मौसमका कारण दिउँसो साढे १ बजे रिसालचौर विद्यालयको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुख लगायत ५ जना रहेको जनाइएको छ । उनीहरुको सुरक्षाको लागि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योकेन्द्रकुमार खड्काले बताए । मौसममा सुधार आएपछि हेलिकप्टर उड्ने उनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्