मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता खानेपानीमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — खानेपानीमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिएकी छन् ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितका अधिकारीलाई मन्त्री मगरले आयोजनास्थलमै खटिएर निर्धारित समयमै काम सक्न निर्देशन दिएका मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदारले दाबी गरेको रकमका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको बैठकमा जानकारी दिएका थिए ।

प्रकाशित : श्रावण २९, २०७६ २१:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जापानमा गर्मीले २३ जनाको मृत्यु

(एएफपी)

टोकियो, जापान — जापानमा अत्यधिक गर्मीका २३ जनाको मृत्यु भएको छ । १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले बुधबार जनाएको छ । यो संख्या ५ अगस्टयताको हो । प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका कारण १३ हजार जना बिरामी भएका छन् ।

अस्पतालमा गर्मीजन्य रोगको उपचार गराउन भीड लागेको छ । अपस्ताल पुगेकाहरुमध्ये चार सय जना भर्ना भएका छन् । गर्मीले सबैभन्दा बढी राजधानी टोकियोवासी रहेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा मात्रै १४ सय ६५ जना अस्पताल पुगेका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी थिए । अस्पतालमा उपचार गराउन पुगेका बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पतालले जनाएको छ । जापानी मौसम विज्ञान विभागका अनुसार यो वर्षकै सबैभन्दा धेरै गर्मी बुधबार महसुस गरिएको छ । यो वर्ष धेरै गर्मी भएको स्थानमा तापक्रम ४०.३ सेल्सिय पुगेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ २१:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×