कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्‌मा कांग्रेसले सोध्यो, ‘नेकपा किन सरकारी जग्गामा ?’ [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारूढ दल नेकपाको केन्द्रीय कार्यालय कानुनविपरीत धुम्बाराहीस्थित सार्वजनिक जग्गामा बसेको सम्बन्धमा यथार्थ जानकारी दिन माग गरेको छ ।

संसद्‌मा कांग्रेसले सोध्यो, ‘नेकपा किन सरकारी जग्गामा ?’ [भिडियोसहित]

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले सरकारी जग्गा भोगाधिकारसम्बन्धी कार्यनीति उल्लंघन गर्दै नेकपाकै पार्टी कार्यालय सरकारी जग्गामा बसेको प्रश्न उठेको उल्लेख गर्दै त्यसबारे वास्तविकता मागेकी हुन् ।

सत्तापक्षलाई चैन अरूलाई ऐन भन्ने दृष्टान्त देखिएको उनको भनाइ थियो । सरकारी जग्गामा बस्न छाडेर कानुनको सम्मान गरी सत्तारूढ पार्टीको प्रतिष्ठा जोगाउने प्रयास थाल्न उनले नेकपालाई सुझाइन् ।

भोगाधिकार पाएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपा पार्टी कार्यालय सञ्चालन गर्न दिएको समाचार कान्तिपुरमार्फत सार्वजनिक भएपछि कांग्रेसले सदनमा यस्तो माग गरेको हो । नेकपाले प्रतिष्ठानलाई मासिक २ लाख ५० हजार भाडा तिरिरहेको छ ।

यो पनि पढ्नुहोस्:

नेकपा कार्यालय सरकारी जग्गामा

प्रकाशित : श्रावण २१, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?