कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज नाग पञ्चमी

कान्तिपुर संवाददाता

काठमाडौँ — घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै सोमबार नाग पञ्चमी देशभर मनाइँदै छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ ।

आज नाग पञ्चमी

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।


रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ ।


यस दिन काली नागको बासस्थान रहेको विश्वास गरिएको पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्ने गर्दछ ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?