कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्थानीय तहको उपनिर्वाचन मंसिर १४ मै 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले स्थानीय तहका रिक्त स्थानमा मसिंर १४ मै निर्वाचन गराउने भएको छ । निर्वाचन आयोगले उक्त मितिमा निर्वाचन गराउन उपयुक्त हुने सिफारिस सरकारलाई गरेको थियो ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १४ मै 

आयोगले गत बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सरकारलाई आफ्नो परामर्शसहितको मंसिर १४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसको आधारमा सरकारले निर्वाचनको मिति घोषणा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

स्थानीय तहकाे उपनिर्वाचन सरकारले घाेषणा गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन निर्वाचन आयोगले नै तोक्ने व्यवथा रहेकाे मन्त्री बाँस्काेटाले बताए ।


मुलुकभर तीनवटै तहमा कुल ५० स्थानमा जनप्रतिनिधहरु रिक्त छन् । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो। स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि बैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो।

प्रकाशित : श्रावण १९, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?