कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च सरकारले नव्यहोर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिए ।

प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च सरकारले नव्यहोर्ने

प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको हवाई टिकट भने सरकारले नै व्यहोर्ने र उपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिए । भ्रमण टोलीमा रहेका कर्मचारी बाहेक कसैको आतेजाते र आवास खर्च नव्यहोर्ने मन्त्री बाँस्कोटाले बताए ।

प्रधानमन्त्री ओली शनिबार राति स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने छ ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् । उनी एकसातासम्म अस्पतालमै रहनेछन् ।


हेर्नुहाेस् मन्त्रिपरिषद्का निर्णयहरु :




प्रकाशित : श्रावण १९, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?