कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘समाजवादी पार्टी’ दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई बनेको समाजवादी पार्टीलाई दर्ता गरेको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच वैशाख २३ मा एकीकरण भएको थियो ।

‘समाजवादी पार्टी’ दर्ता

एकीकरणपछि बनेको ‘समाजवादी पार्टी नेपाल’ दर्ताका लागि दुवै दलले आयोगमा संयुक्त निवेदन दिएका थिए । उक्त नाम पहिल्यै दर्ता रहेको अर्को दलसँग मिलेपछि आयोगले पछाडि रहेको ‘नेपाल’ हटाएर दर्ता गरेको हो ।


उपनिर्वाचन तयारी प्रारम्भ

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन गराउने तयारी थालेको छ । आयोगको सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तोकेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तीनवटै तहका रिक्त स्थानमा एकैदिन निर्वाचन हुने बताए ।





प्रकाशित : श्रावण १७, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?