दुवै अध्यक्षमा इच्छाशक्ति नहुँदा एकता प्रक्रिया प्रभावित : नेता नेपाल 

प्रमिता ढकाल

भरतपुर — पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले दुवै अध्यक्षले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन् ।

शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाकाे एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको बताए। उनले भने, ‘जहाँ चाह त्यहाँ राह। इच्छाशक्ति नै छैन त कसरी हुन्छ?’एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए।

नेता नेपालले विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेका छन्। पार्टी भित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै नेता उनले एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुंगो लगाउन सकिने बताए।

पत्रकारहरुसँगको कुराकानीमा सरकारप्रति केही नरम रुपमा प्रस्तुत भएका नेता नेपालले अहिले सरकारको काम कारवाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औ‌ंल्याएका छन्। छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ। ‘सरकारका काम कारवाहीमा ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्नेलाई कारवाही गरेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘दण्डहीनता कायम रहे यथास्थितिमा सुधार गर्न सकिदैँन।’

प्रकाशित : श्रावण १७, २०७६ १२:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठ बिक्रि विवादले सामुदायिक वनको कार्यालयमा तालाबन्दी

नारायण शर्मा

नवलपरासी — उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारको मिलोमतोमा सामुदायिक वनको काठ सस्तोमा बिक्रि गर्न लागेको भन्दै स्थानीयले कावासोती नगरपालिकामा रहेको मध्यबिन्दु हरियाली सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । 

उपभोक्ता समितिले वनको १० हजार ७ सय ३६ क्यूफिट गोलिया र २२ चट्टा दाउरा बिक्रि गर्न गत असार २१ गतेको जनसवाल पत्रिकामा सूचना प्रकाशन गरेको थियो। ठेकेदारले सूचना प्रकाशन भएको पत्रिका सबै खरिद गरेर अरुले थाहै नपाउने बनाएको स्थानीयको आरोप छ।

टेण्डर सम्बन्धी विवरण, काठ बिक्रि भएको परिणाम र मूल्य बारे जानकारी माग्दा उपभोक्ता समितिले दिन नमिल्ने बताए पछि तालाबन्दी गर्नु परेको स्थानीय उपभोक्ता तेजबहादुर केसीलेबताए । वन उपभोक्ता समिति कावासोती नगरपालिका–१६ डण्डामा छ।केसी समेत ९ जना स्थानीयले बिहीबार संयुक्त निवेदन हालेर मिलेमतोमा काठ दाउरा बिक्रि गर्न खोजेको भन्दै बिक्रि रद्ध गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्।
सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष रोमप्रसाद न्यौपानेले सबै काम नियम अनुसार गरिएको दाबी गरेका छन्। उनले आफू उपभोक्ता समितिको अध्यक्ष भएकाले कसले के भन्छन भन्ने तिर नलागेर नियम अनुसार काम गर्न पाउनुपर्ने अडानमा रहेको बताए।
साउन १२ गते टेण्डरको गोप्य दरभाउ पत्र आब्हान अनुसार परेका टेण्डरका कागजात खोलिसकेको छ।

अध्यक्ष न्यौपानेले क–कसले कति दरमा टेण्डर हालेका छन् भन्ने कुरा सार्वजनिक गर्न आवश्यक नरहेको बताए।‘सेक्टर वन कार्यालय कावासोतीका अधिकृत र प्रतिनिधिका रोहबरमा टेण्डर खोलिइसकेको छ रकम भन्न आवश्यक छैन’ उनले भने।

प्रकाशित : श्रावण १७, २०७६ ११:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT