कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

केहीदिन मनसुनी गतिविधि कम सक्रिय रहने

रासस

काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केहीदिन मनसुनी गतिविधि कम सक्रिय रहने

मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिणतिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताए । 'मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर चलिरहने छ', मौसमविद् अर्यालले भने । तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रकाशित : श्रावण ११, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?