कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री बाँस्कोटाको प्रश्न, ‘कम्युनिष्ट पार्टीमा दुई/दुई जना अध्यक्ष हुन्छ र ?’

विमल खतिवडा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्कुल विभागमा जे भने पनि एउटै पार्टीको भएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले नेकपाभित्र दुई पार्टी नभएको र दुई वटा विधानले पार्टी नचल्ने स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाको प्रश्न, ‘कम्युनिष्ट पार्टीमा दुई/दुई जना अध्यक्ष हुन्छ र ?’

‘कसैका गुट छन् भने पूर्व गुटको रुपमा हिसाबकिताब गरे भयो । ‘जबज मान्ने कि नमान्ने भन्ने कुरा छ,’ उनले भने,‘पार्टीमा दुई जना त अध्यक्ष नै हुनुहुन्छ, कम्युनिष्ट पार्टीमा दुई/दुई जना अध्यक्ष हुन्छ र ? हुँदैन होला ।’ उनले जबज कस्तो हो भने लजाउनु पर्ने कुनै कारण नरहेको टिप्पणी गरे ।


‘आखिर त्यही बाटो हिंडिसक्यौं, गम्लंग अँगालो हालेर सिरानी हालीसक्यौं, मन, मस्तिष्कमा त्यही छ,’ उनले जबजबारे स्पष्ट पार्दै उनले भने, ‘यसमा कुनै हारजितको कुरा छैन, वैचारिक दार्शनिक कोणबाट कम्युनिष्ट पार्टीहरुको गठन, विघटन हेरौं न, यो त गतिशील विज्ञानको कुरा हो नि ।’ उनले मान्ने नमान्ने भन्ने बहस पार्टीको महाधिवेशन छलफलका फोरममा हुने बताए ।


‘मदन भण्डारीले जबजको कुरा लिएर आउनु भयो, के बिगार्नु भयो ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यही आधारमा पार्टीहरु यहाँसम्म आएका छन्, मान्ने नमान्ने भन्ने बहस फोरममा हुँदै जाला मेरो, आफ्नो मत यही हो ।’ उनले जबज बन्दा पनि ठूल्ठूलो विवाद भएको पुरानो कुरा कोट्याए ।


‘त्यो बेला पार्टीमा मात्र होइन, जनताको पनि राय र मत लिइएको थियो,’ उनले भने,‘त्यही भएर नक्कली कुरा गरेर पार लाग्दैन, जे हो जीवन, त्यही हो भोगाई भन्ने बुझौं ।’ सबैभन्दा ठूलो महाधिवेशन भएकाले त्यही छलफल हुने उनले बताए । उनले समाजलाई इन्द्रेणीको रुपमा बुझ्नसमेत आग्रह गरे ।

प्रकाशित : श्रावण ९, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?