विमल खतिवडा

विमल खतिवडाका लेखहरु :

काठमाडौं–तराई द्रुतमार्गको ठेक्कामा वञ्चित गर्न खोजियो : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) को नयाँ ठेक्कामा नेपाली निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गर्न खोजिएको बताएको छ । आयोजनाले निकालेको नयाँ ठेक्का प्रावधानअनुसार नेपाली निर्माण व्यवसायीसँग हुँदै नभएको अनुभव माग गरिएको महासंघले जनाएको हो ।

मौद्रिक नीति २०७८/७९ : सवारी चार्जिङ स्टेसन बनाउन सस्तो कर्जा

विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसन बनाउन बैंकले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो । अब यस्तो कर्जामा पुनर्कर्जा उपलब्ध हुनेछ । यसको ब्याजदर बढीमा ५ प्रतिशतसम्म हुन्छ ।

दुई हजार प्राविधिकको करार नथपिँदा रोकियो पुनर्निर्माण

दुई हजार प्राविधिकको करार नथपिँदा निजी आवास पुनर्निर्माणको काम रोकिएको छ । असारसम्म रहेको प्राविधिकको समयावधि नथपिँदा साउनदेखि पुनर्निर्माण र किस्ता वितरणको काम रोकिएको हो । प्राविधिकको म्याद थपको अन्योलले काम हुन नसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । 

मध्य सहरमा शाकाहारी होमस्टे

सबैतिर कंक्रिटै कंक्रिटले बनेका भवन । पाइलैपिच्छे जसो होटल, रेस्टुराँ अनि क्याफे । काठमाडौं सहरको एउटा परिचय हो यो । यही भीडमा, यही सहरमा शाकाहारी होमस्टे छ भन्दा तपाईंलाई अचम्म लाग्ला । त्यो पनि काठमाडौंको केन्द्रभागमै । बत्तीसपुतलीमा ।

तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण : सेना

तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण तोकिएकै समयमा सक्ने नेपाली सेनाले जनाएको छ । २०८१ मंसिरभित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख विकास पोखरेलको दाबी छ । ‘खोकनाको जग्गा विवाद २०७९ वैशाखसम्म सकिन्छ भन्ने विश्वास छ,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसबीचमा अन्य खण्डमा कामको रफ्तार भने बढिरहनेछ ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ ।

यातायात मजदुरलाई गुजाराकै चिन्ता

उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित मुर्कुचीका लोकनाथ काफ्लेलाई अहिले दैनिक गुजाराकै चिन्ता छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ स्थित नैकापमा कोठाभाडा लिएर बसिरहेका उनी ढल्कु–लगनखेल रुटमा मिनी बस चलाउँछन् ।

मतदाता रिझाउने होइन, अभिभावकीय बजेट : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट कार्यान्वयनमा लागिहाल्ने बताएका छन् । मतदाता रिझाउनेभन्दा पनि अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने गरी अध्यादेशमार्फत बजेट ल्याइएको उनको दाबी छ ।

बर्खाअघि सक्नैपर्ने निर्माणका काम रोकिए

डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष उपत्यकामा लकडाउनका बेला ४२ किलोमिटर सडक ओभरले (कालोपत्रमाथि कालोपत्र) गरेको थियो । अघिपछि सवारी चाप हुने हुँदा रातको समयमा, कि सडक नै बन्द गरेर नै काम गर्नुको विकल्प हुन्नथ्यो । सडक खाली भएकै समयमा गत वर्ष नै १५ किमि थप नयाँ सडक कालोपत्र गरियो ।

फास्ट ट्य्राक सुरुङ निर्माण विवाद : लेखाको निर्देशनविपरीत ठेक्का सम्झौता

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको ठेक्का सम्झौता गरेको छ ।

‘लकडाउन होइन, स्वास्थ्य मापदण्डमा कडाइ गरियोस्’

१० लाख रुपैयाँ लगानीमा पाटन मंगलबजारमा उनले ज्वेलरी सञ्चालन गरेको एक महिना पुग्यो । जसका लागि व्यवसाय सञ्चालन गर्न भन्दै जम्मा गरेको ३ लाख र बैंकमार्फत ७ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर व्यवसाय ‘बामे नसर्दै’ लकडाउन हुने हल्लाले काठमाडौंकी तिमिला वज्रचार्य चिन्तित छिन् ।