कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको ट्वीटरबाट बेलायती प्रधानमन्त्री भन्दै गलत 'ह्याण्डल'मा बधाई !

गल्ती भएको पत्तो पाएको लगभग १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै कसैको ट्वीटर 'ह्याण्डल'लाई मेन्सन गरेर बधाई दिएको केही समय पछि त्यसलाई डिलिट गरेर सही 'ह्याण्डल'लाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ।

प्रधानमन्त्रीको ट्वीटरबाट बेलायती प्रधानमन्त्री भन्दै गलत 'ह्याण्डल'मा बधाई !

केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल '@kpsharmaoli'बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै '@borisjonson' ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । खासमा बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल '@borisjohnson' हो ।


सच्याइएको ट्वीट :

प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।

प्रकाशित : श्रावण ९, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?