कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली घटनाको जिम्मा चन्द समूहले लियो 

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले कैलाली बम विस्फोटन भएको जिम्मा लिएको छ । सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम विस्फोट भएको उल्लेख गरेको छ ।

कैलाली घटनाको जिम्मा चन्द समूहले लियो 

उक्त घटनामा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको जनाएको छ । घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मा फासीबादी ओली सरकारले लिनु पर्ने भनिएको छ ।


विस्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । होटलमा चिया पिउने क्रममा उनले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको थियो ।


अर्का कार्यकर्ता लक्ष्मण सेराला अझै अचेत छन्। उनको अवस्था गम्भीर छ । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उक्त अस्पतालमै उपचार भइरहेको छ । घटनास्थलमा एउटा चाइनिज पेस्तोलसमेत भेटिएको थियो ।


प्रकाशित : श्रावण ३, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?