पाँच श्रीलंकन नागरिक निष्कासन गर्ने मन्त्रिपरिषद्को निर्णय 

विमल खतिवडा

काठमाडौँ — सरकारले गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्कासन गरेको छ । गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।

उनका अनुसार ५ जना श्रीलंकन नागरिकले २ लाख ५० हजार जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्नेथियो।

यस्तै, प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ। बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को निर्णयसम्बन्धी प्रेस विज्ञप्ति

प्रकाशित : श्रावण २, २०७६ १६:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ गते हुने भएको छ ।  अल्फबिटाका बुद्ध नगरस्थित कार्यालयमा हुने उक्त मेलामा अस्ट्रेलियका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागी हुनेछ । 


नेपालका लागि अस्ट्रेलियाका राजदूतले उद्घाटन गर्ने मेलामा एकै छानामुनि अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने अल्फाबिटाका अध्यक्ष द्धिराज शर्माको भनाई छ।

मेलामा सहभागी हुने विद्यार्थीहरूलाई थुप्रै सुविधा र उपहारहरु दिइने आयोजकले जनाएको छ। मेला विभिन्न स्टल तथा शैक्षिक कर्जाको बारेमा समेत जानकारी दिइनेछ।

आईईएलटीएस सुरु नगरेका विद्यार्थीका लागि मेलामै क्लास के कसरी लिने, कसरी परीक्षा दिने भन्ने कुरा जानकारी समेत दिइनेछ। मेलामा विद्यार्थीहरूलाई सम्पूर्ण परामर्श दिइने आयोजकले जनाएको छ। मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझ्न सकिन्छ।

प्रकाशित : श्रावण २, २०७६ १६:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×