डाेल्पामा बाढीले ४ घरसहित ११ जना बगायो

२ को शव भेटियो, ९ अझै बेपत्ता
कान्तिपुर संवाददाता

डोल्पा — मुड्केचुला गाउँपालिकाको १, २ र ३ नम्बर वडामा पर्ने काँसिल खोलामा आएको बाढीले छेउमा रहेका ४ घरसहित ११ जनालाई बगाएको छ । बगाएका मध्ये २ जनाको शव भेटिएको छ । ९ जना अझै बेपत्ता छन् ।  

अविरल वर्षाका कारण शनिबार बेलुकी काँसिल खोलामा बाढी आएको थियो। बाढीले बगाएका मुड्केचुला–१ का ४३ वर्षीय धनराज बोहोरा र ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव भेटिएको हो। ९ जना अझै बेपत्ता रहेको घटनास्थल पुगेर टेलिफोन सम्पर्क हुने स्थान करवगाडसम्म फर्केका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

उनका अनुसार बाढीले बगाएर बेपत्ता हुनेहरुमा पञ्चराम सार्की, लवकुमार रोकाया, कालीबहादुर बोहोरा, धनरुप बोहोरा, सारिका बोहोरा, बृष्णपति बोहोरा, यमुना बोहोरा, निर्मल बोहोरा र सुना सार्की रहेका छन्। बेपत्ताहरुको खोजी कार्य जारी रहेको छ।

शनिबार बेलुकीतिर खोलामा बाढी आएको हो। खोला ९ वटा घट्ट, ३० वटा खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएका ट्याङ्की, ४ वटा घर, एक साना जलविद्युत आयोजनाका पुरै संरचना, १ वटा फलामे पुल र २ वटा काठे पुल बगाएर तहस–नहस बनाएको छ। खोला छेउको पुरै जग्गा बगर बनाएको छ।

ठाडो खहरे खोला भएका कारण माथिबाट आएको पहिरोसहितको बाढीले वारिपारिको जमिन चिर्दै ल्याएको थियो।

जिल्ला प्रशासनको नेतृत्वमा सुरक्षा निकायका प्रमुख लगायतको टोली थाहा पाउने बित्तिकै शनिबार बेलुकी ८ बजेतिर घट्नास्थलतिर हिडेको थियो।

घटनास्थल सदरमुकाम दुनैदेखि करिब ५० किलोमिटर उत्तर पश्चिममा पर्छ। घरमा बसेका, घट्ट पिस्न गएकाहरु बाढीमा परेका हुन्। उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : असार २९, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश १ सरकारको निर्णय : मृतक परिवारलाई दुई लाख, घाइतेको उपचार नि:शुल्क

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ सरकारले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले मृतक परिवारलाई जनही दुई लाख र घाइतेको उपचार गराउने निर्णय गरेको हो । 

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मृतक परिवारलाई दुई लाख बाढीपहिरोमा घाइते भएकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय भएको बताए।

उनले निजी अस्पतालमा उपचार गराउनेकाे५० हजारसम्म उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए।

प्रकाशित : असार २९, २०७६ १८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×