कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका डकाहामा कमला नदील बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ भने तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । 

सिन्धुलीको दुधौली–२ र ३ जोड्ने कमलानदीमा अलपत्र रहेको निर्माणाधीन पुल । फाइल तस्बिर : राजकुमार/कान्तिपुर

सुतेको घरमै बाढी पसेर ६ जना बगाएका मध्ये दुइ जनाको सकुशल उद्धार गरिएको छ । कमला नदीले बगाएर वेपत्ता हुनेमा एक वर्षका सर्जन कापडी, ७ वर्षीय आँधी कापडी र ६० वर्षिया मरणी कापडी रहेका छन् ।

वेपत्ता हुनेको खोजी भैरहेको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित : असार २८, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौर डुबानमा परे पछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले डुंगाको मद्धतले उद्धार थालेको छ । बजार क्षेत्रका साना घरहरुमा फसेकालाई उद्धार सुरु गरिएको हो ।

गौर बजार डुबानमा परे पछि अहिले जनजीवन अस्तव्यस्त बनेको छ। डुबानले विद्युत आपूर्ति ठप्प छ।

जिल्ला प्रहरी प्रमुख एसपि भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य सुरु गरिएको जनाए। ‘डुबानमा फसेकाहरुलाई उद्धार सुरु गरेका छौं,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनिहरुलाई सुरक्षित स्थानमा लैजाने काम सुरु गरेका छौं।’

नेपाल प्रहरीको एउटा, सेनाको २ र सशस्त्रको ११ नम्बर गणको १ गरी ४ वटा रबर बोट लिएर सुरक्षाकर्मीको टोली उद्धारमा निस्किएको छ।

सबैभन्दा धेरै भन्सार क्षेत्र डुबानमा परेको छ। त्यस क्षेत्रका मानिसलाई उद्धार गर्न टोली खटेको छ। पहिलो तल्ला सम्म पानी पसे पछि स्थानीयले धमाधम समान ओसारेर माथिल्लो तल्लामा लगेका छन्। भूईंतला घर भएकारुको समानमा क्षति पुगेको छ। सरकारीका कार्यालयको कागजपत्रमा क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले सदरमुकामको अवस्था गम्भिर भएको बताए। ‘अहिले डुंगाको मद्धतले उद्धार सुरु गरिएको छ,’ उनले भने, ‘पानीको निकाशको लागी भारतीय पक्ष सित कुरा भईरहेको छ।’ भारतीय सिमाक्षेत्रमा लगाईएको बाँधको ढोका खोल्न पहल भईरहेको उनले बताए।

भारतीय सिमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन्। ढोका खोलिए पछि डुबान कम हुन्छ। लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो।

प्रकाशित : असार २८, २०७६ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्