कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्बोडिया र भियतनामबाट पर्यटक न्यून

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन प्रवर्द्धन गर्ने भन्दै गत वैशाखमा भियतनाम र कम्बोडिया भ्रमण गरे पनि यी देशबाट नेपाल आउने पर्यटकको संख्या अत्यन्त थोरै पाइएको छ । भियतनामका प्रधामन्त्रीको निम्तोमा ओली वैशाख २६ गते भियतनाम र ३० गते कम्बोडिया पुगेका थिए ।

प्रधानमन्त्रीले हनोईमा आयोजित नेपाल–भियतनाम व्यावसायिक फोरममा सम्बोधन गर्दै नेपालको पर्यटन प्रवर्द्धन तथा लगानीबारे चर्चा गरेका थिए ।


२०७५ पुस १३ गते मन्त्रिपरिषद्ले नेपाल र कम्बोडियाबीच कूटनीतिक तथा सरकारी राहदानीवाहकहरूलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौता गर्न परराष्ट्रमन्त्री, परराष्ट्र सचिव वा सहसचिव, दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।


पुस २९ को मन्त्रिपरिषद्ले कम्बोडियामा आयोजना हुने संस्कृतिसम्बन्धी कार्यक्रममा सहभागिता जनाउन संस्कृति, पर्यटन मन्त्रालयका प्रतिनिधि पठाउने निर्णय पनि लिएको थियो । प्रधानमन्त्रीको भ्रमणअगावै गरिएको यस्तो निर्णयको अर्थ थियो, कम्बोडिया र भियतनामसँग सम्बन्ध बढाउनु र त्यहाँंका पयर्टक ल्याउनु । तर अपेक्षा गरेजस्तो पर्यटक आएनन् । अध्यागमन विभागका अनुसार वैशाख १८ देखि जेठ १७ को अवधिमा ६६ हजार १ सय ६३ जना विदेशी नेपाल आए, जसमा कम्बोडियाली ४१ जना र भियतनामी ४ सय ९ जना छन् । जेठ १८ देखि असार १५ सम्म ६१ हजार ३ सय ५१ जना विदेशी नेपाल आएकामा कम्बोडियाली १६ जना र भियतनामी ३ सय ८६ जना छन् ।

प्रकाशित : असार २२, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?